कांग्रेस उपसभापति गुरुङ भन्छन्– राजीनामा नदिए अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्छ

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताएका छन्।

उनले विवादमा तानिएका अर्थमन्त्रीले विवाद समाधानमा सहयोगका लागि राजीनामा दिनुपर्ने बताएका छन्। राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाइ छ। साथै, उनले छानबिन समिति गठन गर्न पनि माग गरेका छन्।

सार्वजनिक पदधारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने र जनताले हेर्न पाउनुपर्ने उनले बताएका छन्।

‘गैरसंवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामरामार्फत् निगरानी गरिन्छ। सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ’, गुरुङले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘विवाद समाधानका लागि: १) छानबिन समिति गठन, २) छानबिन समितिलाई सहयोगका लागि राजीनामा, ३) बर्खास्त!’

यसअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि यो विवादको छानबिनका लागि संसदीय समिति बनाउनपुर्ने माग गरेका थिए। उनले बजेट निर्माणका बेलाको विषय संसद् र संसद्‌बाहिर चासोको रुपमा हेरिएको भन्दै उनले यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन्।

कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्रीको राजीनामाको माग गरेका छन्। उनले मन्त्री शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताइसकेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment