दुई विधेयक दफावार छलफलका लागि समितिमा

०७ असार, काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ दफावार छलफलका लागि समितिमा पठाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गरेका थिए । बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment