एन्फाको साधारण सभा सुरु, बन्द सत्र आजै सुरु हुने

०६ असार, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं साधारणसभा सुरु भएको छ।

बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले साधारणसभाको उद्‌घाटन गरेका हुन्।

साधारणसभामा एन्फामातहतका ४८ जिल्ला, १४ ए डिभिजन, ११ बी डिभिजन, ९ सी डिभिजन, रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघ तथा राष्ट्रिय लिगका लागि छानिएका चार क्लबका गरी १०४ जन प्रतिनिधि उपस्थित छन्।

उद्‌घाटन कार्यक्रमपछि बन्द सत्र र त्यसपछि लगत्तै चुनावी प्रक्रिया सुरु हुनेछ। बन्द सत्र साढे १२ बजेबाट सुरु हुनेछ।

एन्फाको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। अध्यक्षमा कर्माछिरिङ र पंकजबिक्रमसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौड्याल पनि प्रतिस्पर्धामा छन्। पौड्याल भने एकल (प्यानल बिनाका) उम्मेदवार हुन्।

एन्फामा अध्यक्षका लागि लामो समयदेखि सँगै रहेका वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने २१ सदस्यीय कार्यसमितिका लागि प्यानल नै बनाएर अघि बढेका छन्।

एन्फाको साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ। वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। १५ सदस्यमध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलेबाट उम्मेदवार छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment