एप्पलकाे नयाँ योजना ‘एप्पल पे ल्याटर’ – अहिले किन्नुहोस्, पैसा पछि तिर्नुहोस्

२६ जेठ, वासिङ्टन । आफ्नो ‘आईओएस १६’ का नयाँ अपरेटिङ सिस्टमको एक अंशका रूपमा एप्पल कम्पनीले ग्राहकहरूका लागि ‘अहिले किन्नुहोस्, पछि पेसा तिर्नुहोस् (बीएनपीएल)’ योजना ल्याउने तयारी गरेको छ ।

‘एप्पल पे ल्याटर’ले प्रयोगकर्ताहरूलाई अमेरिकामा छ साताभित्र चार चरणमा भुक्तानी गर्न सक्ने सेवा प्रदान गर्न लागेको हो । तर, त्यसका लागि ग्राहकहरूले कुनै ब्याज वा शुल्क भने तिर्नुपर्ने छैन ।

नयाँ अपरेटिङ सिस्टममा केही नयाँ विशेषताहरू थपिएका छन् । आफूलाई सताउने खालका मेसेजहरूबाट हैरान हुनेहरूलाई राहत दिने उद्देश्यले नयाँ फिचरका रूपमा यसमा आइमेसेज एडिट सिस्टम राखिएको छ । कम्पनीको वार्षिक विकासकर्ता सम्मेलन डब्ल्यडब्लूडीसीमा यसका नयाँ सुविधाहरू अनावरण गरिएका हुन् । तर, बीएनपीएल सेवाहरू हाल बेलायत अनियमित रहेका छन् । कम आय आर्जन गर्ने समूहहरूले यसको प्रयोग गर्ने तरिकाको आलोचना गरिएको छ ।

सन् २०२१ मा पानारोमा गरेको रिपोर्टिङकाअनुसार बेलायतमा बीएनपीएल प्रयोग गर्ने विभिन्न उमेर समूहका वयस्कको संख्या एक करोड ५० लाख रहेको थियो । एप्पलले अर्को नयाँ फिचरको रूपमा यसमा ‘इमरजेन्सी रिसेट’को पनि व्यवस्था भएको जनाइएको छ । यसले मानिसहरूलाई सम्पूर्ण उपकरणमा आइक्लाउडबाट साइन आउट गर्ने अुनमति प्रदान गर्दछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment