मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग पराजित

मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक एक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको हो ।

नेपाली टोली कतार थप तयारी गरेर छनोटका लागि कुवेत जाने छन् । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationelectionElection CommissionfootballhealthInternationalJoi BidenKathmanduKoreaLocal ElectionnepalNewsNorth KoreaOmanPoliticPrime MinisterSher Bahadur DeubaUSAVaccineVoteWeatherWorld Economics
Comments (0)
Add Comment