म्युजिक नेपालको युट्युब च्यानल ह्याक

२० जेठ, काठमाडौं । नेपालमा सबैभन्दा धेरै फलोअर्स र सब्सक्राइबर्स भएको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । यो च्यानल दुई साताअघिदेखि ह्याक भएको हुनसक्ने अनुमान गरिएको छ ।

६९ लाखभन्दा बढी सब्साक्राइबर्स भएको च्यानललाई कब्जामा लिएर ह्याकरले नाम दिएका छन्– टेस्ला लाइभ ।

टेस्ला कार निर्माता कम्पनी हो । यो विश्वका सबैभन्दा धनी एलन मस्कको कम्पनी हो ।

म्युजिक नेपालले च्यानल आफ्नो नियन्त्रणमा आइसकेको बताए पनि यसको नाम अझै परिवर्तन भएको छैन । ह्याकरले म्युजिक नेपालका अपलोडहरुलाई केही गरेको देखिँदैन ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment