गरिमा विकासद्धारा बोनसको कर जम्मा गर्न आग्रह

१३ जेठ, काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेड (GBBL) ले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । विसं २०७८ चैत १८ मा सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित भएको बोसमा लाग्ने कर तिर्न बैंकले आग्रह गरेको हो ।

साविकको सहारा विकास बैंक लिमिटेडलाई प्राप्ती गरी गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार (२०७८ कार्तिक २८ गते) भए पश्चात सेयर खरीद गरेका सेयरधनीहरुको हकमा सो थप सेयरमा कर लाग्ने बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीका १६ प्रतिशत बोनस सेयर वितरण गरेको छ । उक्त बोनस पाउन सेयरधनीहरुले बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गरेपछि मात्र डिम्याट खातामा पाउनेछन् ।

साधारण सभाका लागि बुकक्लोज मितिसम्म कायम रहि बोनस पाउन योग्य सम्बन्धित सेयरधनीहरुले बोनस सेयर पाउनका लागि गरिमा विकास बैंक लिमिटेड लाजिम्पाट काठमाडौंको रहेको खाता नम्बर ०४०००१०१०१३८९३०००००१ को ‘एनआइबिएल एस क्यापिटल–जीबीबीएल बोनस ट्याक्स २०७७–०७८’ नाममा कर वापतको रकम जम्मा गर्नुपर्न अनुरोध गरेको छ ।

एकिकृत कारोबारअघि सेयरधनी रहेकाले कर वापतको रकम तिर्नु नपर्ने भएपनि सो मिति पश्चात सेयर खरीद गर्ने सेयरधनी स्वयंले नै तिर्नुपर्नेछ । कर तिर्दा आफ्नो डिम्याट नम्बर, नाम र मोबाइल नम्बर उल्लेख गरी कर तिरेको भौचर rts@niblcapital मा इमेल मार्फत पठाउन बैंकले आग्रह गरेको छ । आफुले तिर्नुपर्ने करको रकम एनआईबिएल एस क्यापिटलको वेबसाइट र गरिमा विकास बैंकको वेबसाइटमा पनि राखिएको बैंकले उल्लेख गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment