हिमालयन हाइड्रोपावरको आईपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने

०८ जेठ, काठमाडाैँ । हिमालयन हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा जेठ १६ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

सो आईपीओमा आवेदन दिने म्याद छिटोमा जेठ ८ गतेसम्म रहेकोमा उक्त समयमा सबै सेयर खरीदका लागि आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको हो ।

कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८।२२ प्रतिशत शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका अलवा आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनी इक्रा नेपालबाट आईपीओ निष्काशनका लागि रेटिङ्ग गराएको छ । सो रेटिङ्गमा कम्पनीलाई ‘इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग’ प्रदान गरिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNews
Comments (0)
Add Comment