बोइङद्वारा स्टारलाइनर अन्तरिक्षयान पुन: प्रक्षेपण

०६ जेठ, एजेन्सी । बोइङले आफ्नो स्टारलाइनर रकेट पुन: प्रक्षेपण गर्ने तयारी गरेको छ।

पछिल्लोपटक सन् २०१९ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको सीएसटी-१०० स्टारलाइनर नामक उक्त अन्तरिक्षयान नासाका लागि अमेरिकी अन्तरिक्षयात्रीलाई अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएससम्म पुर्याउन प्रयोग गरिएको थियो।

तर केही समययता यसमा प्राविधिक गडबडी आइरहेको छ। आगामी मंगलबार बोइङले आईएसएससम्म पुग्नेगरी मानवरहित उडान गर्ने भएको हो।

नासा टीभीले मे १९ अर्थात् बिहीबार दिउँसो ३ बजे पीटी मा हुने उक्त उडानको लाइभस्ट्रिम गर्ने सीनेटले उल्लेख गरेको छ। यसको लिफ्टअफ भने ३:४५ पीटीमा भएको थियो।

स्टारलाइनर यूनाइटेड लञ्च एलायन्सको एटलस भी रकेटमार्फत् फ्लोरिडामा रहेको केप क्यानाभेरल स्पेस स्टेशनबाट प्रक्षेपण गरिनेछ।

उक्त क्याप्सुलमा ३६० किलोग्राम कार्गो राखिएको र यो २४ घण्टाभित्र आईएसएसमा पुग्ने सीनेटले जनाएको छ।

यसमा कुनै मानव अन्तरिक्षयात्री नहुने तथ रसी द रकेटियर नामक एउटा सेन्सरयुक्त एन्थ्रोमर्फिक परीक्षण अन्तरिक्षयात्री भने सँगै पठाइने बुझिएको छ।

‘ओएफटी-२ ले स्टारलाइनरको लञ्चदेखि डकिङ, वातावरणीय पुन:प्रवेश तथा दक्षिणी अमेरिकाको मरुभूमिमा गर्ने अवतरणको इन्ड-टू-इन्ड क्षमताको परीक्षण गर्नेछ’, नासाले विज्ञप्तिमा भनेको छ।

उसले ओएफटी-२ले नासालाई अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा लैजाने र ल्याउने बोइङको मानवयुक्त यातायात सिस्टमका लागि उपयोगी डाटा उपलब्ध गराउने पनि बताएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment