नेपाल टेलिकमको नाफा साढे ५ अर्ब, साढे ७ प्रतिशतले घट्यो नाफा

२८ बैशाख, काठमाडाैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) ले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०७७।७८ को सोही अवधिमा कम्पनीले ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको नाफा ७.६३ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा कम्पनीको खर्च नियन्त्रण हुन नसक्दा नाफा घट्न पुगेको हो ।

गत आर्थिक वर्षको नाफाबाट पहिलो पटक २० प्रतिशत बोनस सेयर सहित ४० प्रतिशत लाभांश वितरण गरेको कम्पनीको चुक्ता पूँजी १८ अर्ब पुगेको छ । चुक्ता पूँजी बढेर नाफा घट्दा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी वार्षिक १२.०४ रुपैयाँ घटेर ४०.२६ रुपैयाँमा झरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको जगेडा कोष ०.७६ प्रतिशतले गिरावट आई ७४ अर्ब ११ करोड ७७ लाख ३ हजार रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ५११.७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.४८ गुणा छ ।

यस अवधिमा कम्पनीको बिक्री आम्दानी २.८० प्रतिशत बढेको छ । कम्पनीले चैत मसान्तसम्म २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रुपैयाँ थियो ।

कम्पनीको अन्य आम्दानी २.२४ प्रतिशत बढेर ४ अर्ब ३१ करोड ७१ लख रुपैयाँ पुग्दा कुल आम्दानीमा २.७२ प्रतिशतले सुधार भई ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment