गोकर्णेश्वरमा कांग्रेसकाे पक्षमा उर्लियो जनलहर

२६ बैशाख, काठमाडाैं । : गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसकाे तर्फबाट मेयरका उम्मेदवार दीपक रिसालले नेपाली कांग्रेसको पक्षमा जनलहर उर्लेको बताएका छन् । चुनावी अभियान अन्र्तगत जनताको घरदैलो कार्यक्रममा निस्किएका उनले नेपाली कांग्रेसको उर्लिएको जनलहरले गोकर्णेश्वरमा नेपाली कांग्रेसको स्थान धेरै बलियो देखिएको दावी गरेका छन् ।

घरदैलो कार्यक्रममा आम नगरवासीले गरेको मायाबाट आफू ज्यादै उत्साहित भएको रिसालले बताए । उनले गोकर्णेश्वरमा कांग्रेसले चुनाव तित्नेमा कुनै शंङ्का नभएको समेत दावी गरेका छन् ।

नगरवासीको चाहनालाई सम्मान गर्दै समृद्ध गोकर्णेश्वर नगरापालिका निर्माण गर्न आफु आतुर रहेको र आम नगरवासीको सहभागितालाई जोडेर दिर्घकालिन योजना र दृष्टिकोण सहित विकास कार्य गर्ने उनले उनले डिजिटल खबरलाई बताए ।

शिक्षा, स्वास्थ्य, सडक, ढल, खानेपानी र फोहोर व्यवस्थापनमा आफु योजनाबद्ध तरिकाले लाग्नेमा उनले जोड दिए । उनले गोकर्णेश्वरलाई नेपालकै उदाहरणीय नगरपालिका बनाउने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए।

हामी नगरभित्रको फोहोर अब घर–घरमै प्रयोगमा ल्याउनेदेखि व्यवस्थापनसम्मका काम गर्छौं। कौसी खेतीदेखि अन्यमा त्यसको प्रयोग गर्न नगरले नै सहयोग गर्छ। कौसी खेती प्रतिस्पर्धादेखि गृहिणीहरुलाई फोहोर कसरी कम गर्नेसम्मका तालिम हामी दिन्छौं।

गोकर्णेश्वर गाउँ र नगर मिसिएर बनेको छ। बौद्धदेखि बागद्वारसम्म फैलिएको यो क्षेत्रमा दुवैलाई व्यवस्थापन गर्नुपर्ने छ। सुन्दरीजलदेखि माथिका गाउँहरुमा शिक्षादेखि स्वास्थ्यको पहुँच वृद्धि गर्नुपर्ने छ भने सहरमा स्वास्थ्यको चाप बढ्दै गएकाले गुणस्तरीय अस्पतालहरु निर्माण गर्नुपर्ने छ।

यसका लागि नगरले गुरुयोजना र पञ्चवर्षीय रणनीति बनाएर काम गर्छ। म व्यवस्थित योजनामा काम गर्ने मानिस हुँ। यसले रोजगारी पनि दिन्छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabarDipak RisaleducationelectionElection CommissionhealthInternationalKageshworinepalNepal GokarneshworNewsPoliticPrime MinisterSher Bahadur DeubaUpendra KarkiVaccineVoteWeatherWorld Economics
Comments (0)
Add Comment