‘केजीएफ २’ को विश्वव्यापी कमाई एक हजार करोड

१८ वैशाख, काठमाडौं । दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ले एक हजार करोडको व्यापार गरेको छ। अप्रिल १४ मा प्रदर्शनमा आएको फिल्मले हालसम्मको आम्दानी हजार करोडभन्दा धेरै गरेको हो।

योसँगै फिल्म भारतबाट हजार करोडभन्दा धेरै आम्दानी गर्ने चौथो फिल्म बनेको छ, ‘केजीएफ २’।

यसअघि भारतमा आरआरआर, बाहुबली २ र दंगल फिल्मले हजार करोडको आम्दानी गरेका थिए। केजीएफ २ ले पनि हालसम्म विश्वभरको आम्दानी हजार करोडभन्दा धेरै गर्दै यो समूहमा सामेल भएको छ।

त्यस्तै, केजीएफ २ ले १२ दिनको प्रदर्शनबाट हिन्दी भर्जनमा मात्रै ३ सय करोड आम्दानी गरेको छ।

प्रशान्त निलको निर्देशनमा बनेको यो फिल्म २०१८ मा प्रदर्शनमा आएको केजीएफको सिक्वेल हो। फिल्ममा दक्षिण भारतीय अभिनेता यशसँगै सञ्जय दत्त, श्रीनिधि शेट्टी, रविना टण्डनलगायतका कलाकारको अभिनय रहेको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment