देउवाले माधव नेपालको पार्टीलाई भोट हाल्न निर्देशन दिएपछि पोखरा काँग्रेस आन्दोलनमा

११ बैशाख, पोखरा । पोखराको मेयर सहित महानगरका वडाहरुमा समेत समाजवादीले अडान नछोडेपछि नेपाली काँग्रेसका कार्यकर्ता विरोधमा उत्रिएका छन् ।

उनीहरुले पोखराको चिप्लेढुंगास्थित काँग्रेस पार्टी कार्यालयमा शनिबार नाराबाजी गरेका छन् । उनीहरुले गठबन्धन चाहिँदैन भन्दै शीर्ष नेतालाई निर्णय सच्चाउन दबाब समेत दिएका छन् ।

दलीय गठबन्धनको केही दिनअघि भएको सहमतिमा पोखराको मेयर नेकपा (एकीकृत समाजवादी) लाई परेको छ । पोखराको मेयर समाजवादीलाई दिने केन्द्रको निर्णय समेत असन्तुष्टी पोख्दै आएको नेपाली काँग्रेस कास्कीले पोखराका केही वडाहरुमा समेत समाजवादी लगायतका दललाई नेतृत्व सुम्पन नसकिने अडान कायमै राखेको छ ।

पोखराका कुल ३३ वडाहरु छन् । वडाहरुको नेतृत्व भागबण्डा बनाउन पछिल्लो समय पटक–पटक बैठक बसेका छन् । तर समाजवादीले वडाहरुमा समेत भाग लिने अडान नछाडेपछि बैठक निष्कर्षमा पुग्न सकेको छैन । स्रोतका अनुसार काँग्रेसले पोखराका २२ र बाँकी ११ वटा वडाहरु समाजवादीसहित माओवादी केन्द्र, जसपाले पाउनुपर्ने भागबण्डा गरिएपछि काँग्रेस असन्तुष्ट छ । नेपाली काँग्रेस कास्कीका सचिव भानु ढकालले गठबन्धनको निर्णय तत्काल सच्याउन नेतृत्वलाई आग्रह गरेका छन् । राजधानी दैनिक



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment