आलिया भट्ट र रणवीर कपुरले गरे बिहे (तस्बिरहरू)

०२ बैशाख, मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले आज बिहे गरेका छन्। लामो समयदेखि एक अर्काको प्रेम सम्बन्धमा रहेका उनीहरूले बिहीबार बिहे गरेका हुन्।

रणवीर र आलियाको विवाहमा नजिकको आफन्त र साथीभाइ मात्रै सहभागी भएका छन्।

उनीहरूको अप्रिल १३ मा मेहन्दी समारोह सम्पन्न भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। रणवीरकी आमा नीतु कपूरले आफ्नो इन्स्टाग्राममा मेहन्दी लगाएको तस्बिर सार्वजनिक गरेकी थिइन्।

अहिले उनीहरूको बिहेको तस्बिर पनि सार्वजनिक भएको छ। आलियाको इन्स्टाग्राममार्फत् उनीहरूको बिहेका तस्बिर सार्वजनिक गरिएका हुन्।

आलिया र रणवीरको विवाहबारे दुवैका परिवारले कुरा गोप्य राख्ने प्रयास गरेका थिए। विवाह कहिले हुुँदैछ भन्ने प्रश्नमा उनीहरूका परिवारले हाल कुनै योजना नभएको बताउँदै आएका थिए।

अप्रिल १३ मा मेहन्दीको केही तस्बिर सार्वजनिक भएसँगै विवाहको टुंगो लागेको खबर बाहिरिएको हो।

हालै रणवीर र आलियाले आयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्माश्त्र’ को छायांकन सकेका छन्। आलिया अभिनित फिल्म ‘आरआरआर’ प्रदर्शनरत छ। रणवीर पनि नयाँ फिल्म ‘शमशेरा’ मा देखिँदैछन्।

हेर्नुहोस् रणवीर र आलियाको बिहेका केही तस्बिरहरूः



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment