सुरक्षाको ‘निशब्द’मा आकाश श्रेष्ठ ( भिडियो )

२५ चैत,काठमाडौं । यात्रामा कोहि अपरिचित मान्छे भेटियो एकैनजरमा मन पर्यो तर बोल्न र मनको भावाना पोख्न नसकेको त्यस्तो कहिले अनुभव गर्नु भएको छ ? भर्खरै यस्तै कथामा आधारित म्युजिक भिडियो ‘निशब्द’ सार्वजनिक भएको छ।

यस गीतमा गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन्। राहुल प्रधानको गीतमा संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा स्वयम् गायिका सुरक्षा सेन्चुरी र नायक आकाश श्रेष्ठ फिचर्ड छन्। बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका सेन्चुरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियो:



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment