‘ए मेरो हजुर ४’बाटदुर्गेश थापाको दृश्य हटाइयो

२४ चैत, काठमाडौं । ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गते रिलिज तयारीमा छ । पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् ।

पल शाह प्रकरण मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो दृश्य हटाएको छ ।

वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाएका हौं । ‘कसैलाई चित्त दुखाउने हाम्रो उद्देश्य होइन, निर्माता सुनिलकुमार थापाले भने ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment