बाख्रापालक किसानलाई अनुदान

२३ चैत, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ ।

किसानको आर्थिक समृद्धिमा पनि सघाउ पु¥याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानका लागि अनुदान रकम वितरण गरेको हो ।

मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले वडा नं १ का ३३ जना बाख्रापालक किसानलाई जनही रु १० हजारका दरले रकम हस्तान्तरण गर्नुभयो । उहाँले वडा नं १ को ज्यान्दाला, तोवाङ र मेत्राङका बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गर्नुभएको हो ।

यसैबीच उत्कृष्ट खोर निर्माण गर्ने तीन समूहलाई रु २५ हजारका दरले रकम हस्तान्तरण गरिएको छ । गाउँपालिकाका सातवटै वडामा गरी ५२ बाख्रापालक कृषक समूह निर्माण गरी काम भइरहेको छ ।

हालसम्म ३९ बाख्रापालक किसानलाई रकम वितरण गरिसकिएको अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाका ५२ समूहका १३० बाख्रापालक किसानलाई नमूना खोर निर्माण तथा खोर सुधारका लागि अनुदान दिइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

जनताको जीवनस्तर उकास्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रमअन्तर्गत गैररसकारी संस्था हेफर नेपाल र दियालो परिवारसँग तीन वर्षभित्र रु एक करोड ५२ लाख खर्च गर्ने गरी सम्झौता भएको छ । त्यसमध्ये साझेदारी संस्थाको २५ प्रतिशत सहयोग रहनेछ ।

साथै गाउँपालिकाले युवा र बाबु समूह गठन गरी आर्थिक समृद्धिका लागि आधारशिला तालिम दिइने अध्यक्ष गुरुङले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Animal FarmbusinessCoronavirusDeathdigital khabarnepalPolitic
Comments (0)
Add Comment