जर्मनीले कानुन परिवर्तन गरेर युक्रेन पठायो एन्टी एयरक्राफ्ट मिसाइल र हतियार

१२ चैत, काठमाडौं । जर्मनीले युक्रेनमा हतियार र एन्टी एयरक्राफ्ट मिसाइल सहयोग गरेको छ।

जर्मन प्रेस एजेन्सीबाट युक्रेनी सरकारका अधिकारीलाई उदृत गर्दै जनाइए अनुसार जर्मनीबाट १ हजार ५ सय स्ट्रेला एन्टी-एयरक्राफ्ट मिसाइल र १ सय एमजी३ मेसिन गनको एक खेप युक्रेन पुगेको हो।

जर्मनीका विदेश मन्त्री एनालिना बारबकले यस अघि बुधबार युक्रेनमा सामान पुग्न ढिला भएको बताए।

तर उनले युक्रेनको सहयोगका लागि स्ट्रेला मिसाइल पठाइरहिएको बताएका छन्।

जर्मनीको विदेश नीति अनुसार उसले संघर्ष भएको क्षेत्रमा या इसमा सहभागी देशलाई हतिराय दिँदैन।

तर युक्रेनमाथि रूसको हमलापछि उसले अफ्नो विदेश नीतिमा परिवर्तन गरेको छ।



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19Deathdigital khabarhealthLockdownNewsPolitic
Comments (0)
Add Comment