जङ्गली सुँगुरले खेतीबाली नष्ट

१२ चैत, जलेश्वर । जङ्गली सुँगुरले खेतीबाली नोक्सान गर्दा महोत्तरीको जलेश्वर नगरपालिकाका किसान हैरान भएका छन् । नगरपालिका विभिन्न वडामा अचानक देखापरेको सुँगुरको समूहले खेतबारीमा लगाइएको दलहन, तेलहनबाली, उखु, फलफूल र तरकारी बालीलाई क्षति पु¥याइरहेका कारण स्थानीय किसान मर्कामा परेका छन् ।

नगरपालिका–६ मा १५-२० बिघाभन्दा बढीमा लगाइएको गहुँको जरा काटिदिने, बीचबाट बोट काटिदिने गर्नाले अधिकांश गहुँ नष्ट भएको स्थानीय किसान गणेश साहले बताउनुभयो ।

त्यस्तै ५०-६० बिघामा लगाइएको मसुरो, आलस, रहर, तोरी र आलु, लौका, फर्सी, बोडी, भिन्डी, टमाटरलगायत विभिन्न किसिमको तरकारी बाली तथा तरबुजा, काँक्रो, केरा लगायतका फलफूलहरु खाइदिने तथा जथाभावी रुपमा खेतबारी खनेर क्षति पु¥याउने गरेको स्थानीय किसान रामएकवाल साहले बताउनुभयो ।

लखेटन जाँदा सुँगुर तीव्र गतिमा मानिसतिरै आउनाले किसानलाई त्रसित बनाउने गरेको जलेश्वर नगरपालिका– ७ का किसान बिरजु महतोले बताउनुभयो । यसको नियन्त्रण तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका किसानलाई वन कार्यालयमा जान भनिएको र वन कार्यालयले प्रक्रिया पुरा गर्नुपर्ने सुझाव दिएको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

AnimalbusinessCoronavirusCovid-19Deathdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment