तेलगु अभिनेत्री गायत्रीको निधन

०८ चैत, भारत । तेलगु फिल्मकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ ।

गायत्री आफ्ना साथीहरूका साथ कारबाट घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।

गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा उनको कार चलाइरहेको साथीको पनि निधन भएको छ ।

कार डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गएको थियो । स्थानीयले गायत्रीसहित उनका साथीलाई अस्पताल लगे लगत्तै मृत घोषणा गरिएको थियो ।
दुर्घटनामा अर्को एक महिलाको पनि निधन भएको बताइएको छ ।

गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । सामाजिक सञ्जालमा फ्यान फलोइङ रहेकी गायत्री अभिनयमा आउनु अगावै आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarDolly D CruzhealthLockdownnepal
Comments (0)
Add Comment