आकर्षक स्टाइल र फिचरमा अब रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११

०६ चैत, काठमाडाैं । रोयल इन्फिल्ड स्क्राम ४११ भारतमा लन्च गरिएको छ । यसको मूल्य २ लाख ३ हजार भारु तोकिएको छ । सो बाइक ७ रङ विकल्पमा लन्च गरिएको छ । यसको टप भेरिएन्टको मूल्य २ लाख ८ हजार भारु रहेको छ । यो कम्पनीको अर्को बाइक हिमालयनमा आधारित छ ।

बाइकमा रियर भ्यू मिरर, वायर स्पोक ह्विल र वाइड फेन्डरहरू छन् । यसका साथै यसमा सिंगल पीस सिट, राइज एक्जस्ट, इन्जिन गार्ड दिइएको छ । यसको हेलोजन हेडलाइट सामान्य छ । यस बाइकमा बेसिक स्वीचगियर दिइएको छ ।

रोयल इन्फिल्ड स्क्राम ४११ मा ट्विन पोड एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ र यसमा पोड ट्रिपर नेभिगेसन सिस्टम छ । बाइकको मुख्य क्लस्टर इन्स्ट्रयुमेन्टेन्समा एनालग स्पीडोमिटर, स्पिड देखाउनको लागि डिस्प्ले जोडिएको छ । गोलाकार पोडमा एलसीडी स्क्रिन छ जसले फ्युल स्तर, ट्रिप मिटर र ओडोमिटर तथा समय देखाउँछ ।

रोयल इन्फिल्ड स्क्राम ४११ मा ४११ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ६५०० आरपीएममा २४.३ बीएचपीको पावर र ४५०० आरपीएममा ३२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड स्लिक सिफ्टिङ गियरबक्स दिइएको छ ।

बाइकको फ्रन्टमा १९ इन्चको र रियरमा २१ इन्च टायर जोडिएको छ । ब्रेकिङका लागि रियरमा ३०० एमएम डिस्क र २४० एमएम डिस्क दिइएको छ । सस्पेन्सनको लागि फ्रन्टमा ४१ एमएम टेलिस्कोपिक फोर्क र मोनोसक फोर्क दिइएको छ । साथै बाइकमा १५ लिटरको इन्धन ट्याङ्की छ भने यसको तौल १८५ केजी छ भने २०० एमएमको ग्राउन्ड क्लियरेन्समा उपलब्ध छ ।



मल्टिमिडिया ग्यालरी

AutomobilesBikebusinessCoronavirusCovid19digital khabardigitalkhabareducationhealthInternationalNewsPoliticPrime MinisterRoyal EnfieldSher Bahadur DeubaVaccine
Comments (0)
Add Comment