भैरहवाका भुपेन्द्र थापा बने नेपाल आइडल–४ को विजेता

०६ चैत, काठमाडौं । नेपाल आइडल सिजन-४ को विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन् ।

उनीसँगै ५ प्रतिस्पर्धी थिए । शनिबार साझ भएको ग्राण्ड फिनालेमा थापा चौथो संस्करणको सर्वोत्कृष्ट भई उपाधि चुम्न सकेका हुन् । थापा ३० लाख रुपैयाँ नगद र ट्रफीसहित विभिन्न स्पोन्सरबाट पुरस्कृत भएका छन् ।

थापा टप पाँचमा परेपछि गत साता भैरहवा भोटको अपिलका लागि पुगेका थिए । भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपोर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् ।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् ।
झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment