‘दुई नम्बरी’बाट हटाइए पल शाह,

२६ फाल्गुन, काठमाडौँ । जबरजस्ती करणीको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहले पहिलो चलचित्र गुमाएका छन् । आगामी महिनाबाट सुटिङ हुने तयारी गरिएको चलचित्र ‘दुई नम्बरी’ बाट उनी हटाइएका हुन् ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले पललाई चलचित्रबाट हटाइएको पुष्टि गरे । उनले भने, ‘नैतिक पतनमा आरोपित भइसकेपछि उहाँलाई निरन्तरता दिने कुरै आउँदैन । यदि सफाइ पाएर फर्किनुभयो भने पनि हामी उहाँलाई राख्दैनौँ ।’

अहिले पलको स्थानमा कसलाई राख्ने भनेर निर्माण टिमबिच छलफल भइरहेको छ । नायक अनमोल केसी, सौगात मल्ल र धिरज मगरमध्ये एकको सम्भावना रहेको नेपालीले जानकारी दिए ।

यस चलचित्रमा दयाहाङ राई र वर्षा राउतको मुख्य जोडी छ । अर्को जोडीका रूपमा पल शाह र भुटानी नायिका उँगेन छोदेन छनोट भएका थिए । पललाई हटाइएपछि अब उगेनले नयाँ जोडी पाउने छिन् । चलचित्रको सुटिङ आउँदो चैतको पहिलो साताबाट हुने भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarPal Shah
Comments (0)
Add Comment