रुसी आक्रमण पीडित युक्रेनीलाई रुसमै शरण !

युक्रेन भन्छ : अनैतिक

२३ फागुन, कीभ । रुसले युद्ध क्षेत्रमा फसेका युक्रेनी सर्वसाधारणका लागि नयाँ ‘मानवीय करिडोर’को घोषणा गरेको छ । रुसले युक्रेनी शरणार्थी आफ्नै देश र उसको सहयोगी बेलारुस जान मिल्नेगरी मानवीय करिडोरको घोषणा गरेको हो ।

सैनिक घेराबन्दीमा रहेको मारिउपोल सहरबाट सर्वसाधारणलाई बाहिर जान दिन गरिएको दुई दिनका युद्ध विराम असफल भएपछि यस्तो घोषणा आएको हो ।

रुसी कदम ‘अनैतिक’

रुसको यस कदमलाई युक्रेनले ‘अनैतिक’ भनी तत्काल खारेज गरिदिएको छ । युक्रेनी राष्ट्रपतिका एक जना प्रवक्ताले रुसी कदमलाई ‘पूर्ण रूपमा अनैतिक’ भनेका हुन् ।

उनले जनताको पीडालाई रुसले टेलिभिजनको तस्बिरका रूपमा प्रयोग गरेको आरोप लगाउँदै यस्तो बताएका हुन् । युक्रेनी नागरिकलाई आफ्ना भूमि छोड्ने अधिकार आफैँसँग हुनुपर्ने उनको भनाइ छ ।

मारिउपोलमा बमबारीबीच लाखौँ मानिसहरू खाना र पानीविना फसेका छन् ।

रुसी रक्षा मन्त्रालयले युक्रेनी राजधानी कीभ, पूर्वी सहरहरू खार्कीभ, सुमीसँगै मारिउपोलबाट मस्कोको समयअनुसार बिहान १० बजेदेखि करिडोर खोल्ने बताएको थियो ।

युद्धको चपेटामा परेका १५ लाख भन्दा बढी सर्वसाधारणले युक्रेन छोडेका छन् ।

रोयटर्स

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Covid19digital khabardigitalkhabareducationhealthInternationalLockdownnepalNewsPoliticPrime MinisterRussiaSher Bahadur DeubaTraffictraffic policeUkraineVaccine
Comments (0)
Add Comment