युक्रेनी डिफेन्डरले छाडे रसियन क्लब

१९ फागुन, एजेन्सी । युक्रेनी डिफेन्डर यारोस्लाव राकित्स्कीले रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्ग छाडेका छन् ।

रसियन प्रिमियर लिग क्लबले डिफेन्डर यारोस्लावले क्लब छाडेको जनाएको छ । पिटर्सवर्गले आपसी समझदारीमा यारोस्लावले क्लब छाडेको जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि उनले क्लब छाडेका हुन् ।

३२ वर्षीय डिफेन्डर २०१९ को जनवरीमा रसियन क्लब आएका थिए । त्यसअघि उनी युक्रेनी क्लब शाख्तर डोनेट्स्कमा रहेका थिए ।

यारोस्लावले पिटर्सवर्गका लागि १ सय ८ खेलमा ७ गोल गरेका छन् ।

२०१९ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका उनले युक्रेनका लागि ५४ खेल खेलेका थिए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarfootballhealthnepalNewsPoliticRussiaUkraineYaroslav Rakitskyi
Comments (0)
Add Comment