पोखरा जाँदै केपी ओली, ठूलो संख्यामा पार्टी प्रवेश गराउने

१३ फागुन, काठमाडाैँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्न पोखरा जाने भएका हुन् ।

नेकपा एमाले स्रोतका अनुसार अध्यक्ष ओली बिहान ११ पोखरा पुग्ने र दिउँसो २ बजे काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

अशोक राई नेतृत्वमा विभाजन भएको बेला राईसँगै गएका नेताहरु, माधव कुमार नेपाल नेतृत्वमा बनेकाे एकीकृत समाजवादी पार्टीमा गएका तथा विवेककशील साझा पार्टीबाट अलग्गिएकाहरु सहित ठूलो संख्यामा नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने भएकाले अध्यक्ष ओली स्वयम पुगेर स्वागत गर्ने निर्णय भएको एमाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNews
Comments (0)
Add Comment