बिहीबार पनि ‘युद्ध मैदान’काे झल्को दिने बन्याे बानेश्वर (फोटोफिचर)

१३ फागुन, काठमाडौं । एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरलाई ‘युद्ध मैदान’को झल्को दिएको छ । बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै प्रदर्शनमा उत्रिएका र उनीहरुलाई रोक्न खोजेका सुरक्षाकर्मीबीचको झडपले बानेश्वर क्षेत्रलाई ‘युद्ध मैैदान’को झल्को दिएको हो ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए भने सुरक्षाकर्मीले केही सेल अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेका थिए । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि प्रदर्शनकारीहरू फर्किएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment