नेपाली बजारमा आइपुग्यो सामसङको ग्यालेक्सी एस २२ सिरिज, कति छ मूल्य? 

१२ फागुन, काठमाडाैँ । सामसङको ग्यालेक्सी एस २२ सिरिज अन्तर्गतका तीन स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका छन्। कम्पनीले, ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ नेपाल भित्र्याएको हो।

क्यामेरामा विशेष ध्यान दिएको कम्पनीले ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ मा भएको नाइटोग्राफी फिचर राखेको छ।

ग्यालेक्सी एस २२ प्लस र एस २२ दुवैमा ५० मेगापिक्सेलको मुख्य क्यामरा सहित १० मेगा पिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स पनि छ। ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ तीनै स्मार्टफोनमा पोट्रेट मोड र अटो फ्रेमिङ फिचर दिइएको छ।

ग्यालेक्सी एस २२ अल्ट्रामा उपलब्ध एस पेन अहिलेसम्मकै अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभ रहेको कम्पनीको भनाइ छ। ग्यालेक्सी एस २२ अल्ट्रा प्रकृतिलाई झल्काउने रंगहरू फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र बर्गेन्डी अप्सनमा उपलब्ध छ । यस्तै ग्यालेक्सी एस २२ प्लस फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र हरियो रंगमा उपलब्ध गराइएको छ। नेपाली बजारमा ग्यालेक्सी एस २२ अल्ट्राको १२ जीबी ¥याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य १ लाख ६९ हजार ९९९ राखिएको छ भने १२ जीबी ¥याम र २५६ जीबी स्टोरेजनको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ छ।

त्यस्तै ग्यालेक्सी एस २२ को ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यति नै र्‍याम र स्टोरेज क्षमता भएको ग्यालेक्सी एस २२ प्लसको मूल्य भने १ लाख २९ हजार ९९९ रुपैयाँ रहेको छ। ग्यालेक्सी एस २२ अल्ट्राको प्रि अर्डर गर्दा ग्यालेक्सी बड्स २ सित्तैमा पाउन सकिने सामसङ नेपालले जनाएको छ।

यसको साटो ग्यालेक्सी वाच ४ (४७ एमएम) क्लासिक २७,००० रुपैयाँमा वा ग्यालेक्सी वाच (४० एमएम) १३,००० रुपैयाँमा खरिद गर्न सकिनेछ। नेपालमा बुधबारदेखि कम्पनीले ग्यालेक्सी एस २२ सिरिजका स्मार्टफोनको प्रिअर्डर सुरु गरेको हो।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusDeathdigital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment