‘हिरोपन्ती–२’मा टाइगर र ताराको केमेस्ट्री

०२ फागुन, एजेन्सी । बलिउडका एक्शन अभिनेता टाइगर श्रफको बहुप्रतिक्षित फिल्म ‘हिरोपन्ती–२’ को रिलिज मिति घोषणा गरिएको छ । फिल्मका निर्माताले यसै वर्षको ईद पर्व अर्थात् २९ अप्रिलमा रिलिज गर्ने घोषणा गरेको हो ।

यो फिल्ममा टाइगरसँगै अभिनेत्री तारा सुतारिया पनि मुख्य भूमिकामा देखिने छन् । यो फिल्म टाइगर अभिनित ‘हिरोपन्ती’ फिल्मको सिक्वेल हो ।

यस्तो छ ‘हिरोपन्ती–२’को नयाँ पोस्टर

एक्सनले भरिपूर्ण यो फिल्मको नयाँ पोस्टरले फ्यानलाई निकै उत्साहित बनाएको छ । पोस्टरमा टाइगर कारको अगाडिको भागमा बसेका छन्, भने उनीसँगै अभिनेत्री तारा सुतारिया पनि उभिएकी छिन् । पोस्टरमा एक्सनसँगै तारा र टाइगरको जबरदस्त केमेस्ट्री पनि देख्न सकिन्छ ।

पोस्टर हेर्दा यो फिल्म एकदमै एक्सन ड्रामा फिल्म हो, भन्ने बुझ्न सकिन्छ । त्यसोत, यो फिल्मको फस्र्ट लूक फेब्रुअरी २०२० मा नै रिलिज भएको थियो । टाइगर श्रफले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टबाट फिल्मको नयाँ पोस्टर सेयर गर्दै रिलिज मिति सार्वजनिक गरेका हुन् ।

फिल्ममा एआर रहमानको संगीत गुञ्जिने

यो फिल्मसँग जोडिएको अर्को विशेष कुरा के हो भने यसको संगीत एआर रहमानले दिएका छन् । त्यस्तै टाइगरको यो फिल्म ‘बागी–३’का निर्देशक अहमद खानले नै निर्देशन गरेका हुन् । हरेक वर्ष इदको अवसरमा बिग बजेटका फिल्म रिलिज हुनै आएका छन् ।

हिरोपन्ती–२ बाहेक टाइगर श्रफ चाँडै नै एक्सन थ्रिलर फिल्म ‘गणपत पार्ट १’ मा देखिने भएका छन् । यो फिल्म तीन भागमा बनिरहेको छ । यससँगै टाइगर बलिउड खेलाडी अक्षय कुमारसँग ‘बडे मियाँ छोटे मियाँ’ मा पनि देखिनेछन् ।



मल्टिमिडिया ग्यालरी

BollywoodbusinessCoronavirusdigital khabarhealthHeropantiMoviesnepalNewsPoliticTaraTiger Sroff
Comments (0)
Add Comment