रुसमा एकैदिनमा एक लाख ८३ हजार सङ्क्रमित, ६६९ को मृत्यु

२६ माघ, एजेन्सी । रुसमा कोरोनाभाइरसबाट एकै दिनमा एक लाख ८३ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार १०३ जना नयाँ सङ्क्रमित भएका हुन् ।

अघिल्लो दिन भने एक लाख ६५ हजार ६४३ जना सङ्क्रमित भएका थिए । पछिल्लो एक दिनमा कोरोनाका कारण मृतकको सङ्ख्या ६६९ रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ कुल सङ्क्रमित मध्ये २० हजार १७८ जना मात्रै अस्पताल भर्ना भएका छन् । अन्यको अवस्था भने सामन्य नै रहेकाले घरमै रहेको जनाइएको छ ।

सोही अवधिमा ९७ हजार १६३ जना अस्पतालबाट फर्किएका छन् । नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि दिनप्रति दिन बढ्दै गइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment