पाेर्चुगलकाे चाेकचाेकमा लाेयर, टिकटक लाेयर देखि गर्लफ्रेन्ड लाेयर सम्म (बसिबियालाे)

याेगेन्द्र खरेल

२६ माघ, लिस्वाेन पाेर्चुगल ।
एक दिन यस्साे टिकटक तिर बरालिदै थिए, यत्तिकैमा एकजना युबति मित्रकाे टिकटक लाईभमा घुसेँ l उनि खाना खाँदै लाईभ बसिरहेकि थिईन, यत्तिकैमा साेहि लाईभमा जाेडिएका एक जना मित्र प्याच्च बाेले: खाना खाँदै लाईभ बस्दा आँखा लाग्ला है सिस l प्रतिउत्तरमा उनि बाेलिन : पब्लिक फिगर भएपछि गाह्राे हाे ,गाह्राे राम्राे संग खान पनि नपाईने l पब्लिक फिगर भन्ने उनकाे शब्द सुनेपछि , उनकाे टिकटक प्राेफाईलमा जाने ईच्छा जाग्याे l उनकाे प्राेफाई भिजिट गर्दा उनि पब्लिक फिगर चाँहि लागेन , जालझेल गरेर अलिकति फलाेअर्स बढाए जस्ताे मात्र देखियाे l

उनकाे याे यटिच्युड देखेपछि केहिबेर यहि लाईभ हेर्ने निदाे गरेँ मैले पनि l बिगत दुई/तिन बर्ष देखि पाेर्चुगल बस्दै आएकि उनले : याे सेफ यस्ताे , त्याे सेफ उस्ताे l यसरि कार्ड छिटाे आउछ , भन्दै पाेर्चुगलकाे नियम कानुन बताउदै थिईन l उनका कुरा सुन्दा लाग्थ्याे सायद उनि यहाँकि लाेयर (कानुनब्यावसायि ) नै हुन l उनि मात्र हाेईन, उनि जस्ता दर्जजनाै टिकटक लाेयर भेटेँ मैले पनि टिकटकमा l जसले आप्रबासि सम्बन्धि नियमहरुकाे बारे यहाँका लाेयरले भन्दा बढ्ता ब्याख्या गरिरहेका हुन्छन l उनिहरुले दिने छेउ न टुप्पाे परामर्शले , उनिहरुकाे फलाेअर्स र भिउ त बढ्ला तर उनिहरुलाई पत्याउने र साेहि अनुसार गर्नेहरुकाे दुर्गति अवश्य हुन्छ l आधा अधुराे नलेज लिने व्यक्ति र आधा गाग्राे पानी बाेकेर हिडेकाे मान्छेकाे हबिगति एउटै हुन्छ l जुन कुरामा आफु नै अधुराे छ, ति कुराकाे बारे अरुलाई इतिबृतान्त व्याख्या गर्ने हिम्मत कहाँ बाट जुटाउछन हाे साथिहरुले l पाेर्चुगल छिरेकाे भाेलिपल्ट देखिनै लाेयर , अचम्म छ हाे अचम्म l

केहि दिनअघि पाेर्चुगल भित्रेकि गाँउले बहिनि संग हिँजाे अलमेदा पार्ककमा भेट भयाे l कुराकानि कै क्रममा उनलाई मैले साेधेँ : काम र पेपर सम्बन्धि के कसाे भईरा छ नि बैनि l उनले उत्तर दिँदै भनिन : काम त अब खाेज्ने हाे l साेसल एप्लाईकाे लागि फलानाे नेपाली लाई नगद र पेपरहरु दिएकि छु दाई l उनले फलानाे दाई भनेर एक जना नेपाली काे नाम लिएपछि मलाई थप उत्सुकता जाग्याे किनकि ति नेपालीकाे नाम मैले याे भन्दा अगाडि पनि एक/दुई पटक सुनिसकेकाे थिए l उनले पैसा लिएर साेसल लगाएत अन्य पेपरहरु बनाउन सहयाेग गर्दा रहेछन ,यानकि छाेटे दलाल रहेछन l फेसबुकमा उनकाे फाेटाे देखाउदै पहिले नै एउटि बैनिले भनेकि थिईन , याे नेपाली दलाल त कति खराब छ दाई , साेसल बनाउन मेट्राेमा जाँदा मेरा संबेदनशिल अंगहरुमा हात पुर्याउदै थियाे l मैले त्यसकाे प्ररिकार गरेपछि , मैले भनेकाे मान्याै भने तिम्रा हरेक पेपर हरु छिटाेछिटाे हुन्छ भन्दै थियाे अनि म बाट त्यस्ताे हुदैन है दाई भन्दै बेस्सरि कराएकाे चुप लाग्याे l उनले याे भाेगाई बताउदै गर्दा आफ्नाे माेबाईलमा ति व्यक्तिकाे फाेटाे देखाए कि थिईन , फाेटाेमा हेर्दा ति ब्यक्ति भद्र नै देखिन्थे व्यावहारमा चाहिँ ति बहिनिकाे भनाई अनुसार अभद्र नै रहेछन l

आज फेरि तिनै नेपालिकाे नाम सुनेपछि तिनकाे बारे गाँउले बैनिलाई साेधेँ : ति नेपालि ले साेसल छिटाे निकाल्दा रहेछन र बैनि ? उनले हतार हतार उत्तर दिईन , साेसल मात्र कहाँ हाे र ति व्यक्तिले त आफ्नि गर्लफ्रेन्डकाे छ/सात महिना मै कार्ड बनाई दिएका रहेछन नि l मैले फेरि साेधेँ :याे कुरा कसले भन्याे नि तिमिलाई ? उत्तरमा उनले भनिन : उनले आफै भनेका हुन l ति बहिनिकाे कुरा सुने पछि मैले भने : खै , मेराे अनुभव र अहिले कै अवस्था हेर्दा त डेढ/ दुई बर्ष त कुर्नै पर्ने देखिन्छ उनले कसरि गरेछन त्यस्ताे l मेराे बाेलि भुँईमा खस्न नपाउँदै बैनि बाेलिन : झुटा कुरा गरेर पैसा पनि कमाउने र गर्लफ्रेन्डहरु पनि बनाउने बानि रहेछ हाेला उनकाे l यत्तिकैमा मेराे नजिकै बसेकाे मेराे साथी बाेल्याे : त्यसाे भए त गर्लफ्रेन्ड लाेयर रहेछ त डाम्नाे l

यदि तपाई नयाँ हुनुहुन्छ भने , तपाईले मार्टिम मुनिज , अलमेदा , कुखुरे जुनसुकै पार्कमा जानुस तपाई सायद लाेयर हरु पाउनुहुने छ l ति लाेयर हरुलाई तपाईले शुल्क तिर्नुपर्दैन l तपाई पाेर्चुगलमा नयाँ हाे भन्ने छन्द मात्रै दिए पुग्छ l उनिहरुका कुराहरुलाई सिरियस्लि चाँहि नलिनुहाेला पार्कमा घाम ताप्दै गर्दाकाे बसिबियाँलाे काे रुपमा मात्रै लिनु हाेला l

त्यत्तिमात्र कहाँ हाे र , भट्टिमा जाँडकाे गिलाँस र सुंगुरकाे मासु संगै पनि लाेयरहरु भेटिन सक्छन l ओहाे साेरि साेरि, भट्टिमा जाँडकाे गिलास संगै हाेइन है, रेष्टुरेन्टमा वाईन/ हुस्कि काे चुस्कि र पाेर्क सुकुटि फ्राई संगै लाेयरहरु भेटिन सक्छन l महंगाे रेष्टुरेन्टमा गई ब्रान्डेड रक्सि खाने हामिलाई भट्टिमा गएर जाँड खाए भनेर हेप्ने भन्दै साथिहरुले मानहानिकाे मुद्दा हाल्लान् भन्ने डर के फेरि ,बरिष्ठहरु यतै भेटिन्छन l यता भेटिने लाेयरहरुले शुल्क पनि लिदैनन् तर निशुल्क पनि गर्दैनन् l ति लाेयरहरुलाई चाँहि खाना पिनाकाे बिल आएपछि काेहिलाई पिसाबले च्याप्छ काेहिकाे ईमर्जन्सि कल आउछ l रक्सि गिलास हुँदा लाेयर ले भरिएकाे टेबलमा बिल आउदा तपाई मात्र एक्लै हुनुहुन्छ l जबसम्म तपाईले बिल तिर्नुहुन्न तबसम्म तिनिहरु टेबलमा फर्कदैनन् l जब तपाईले पैसा तिरेकाे मेसाे पॉउछन तब ट्वाईलेट वाला र ईमर्जन्सि कल वाला आउछन र भन्छन भाई बिल तिर्नु भा काे ? नयाँ नयाँ मान्छे पैसा थिएन हाेला , हामि तिरिहाल्थाै नि यति जाबाे त l

तर यहि भिडमा निस्वार्थ सहयाेग र राम्राे संग बुझेर परामर्श दिने साथिहरु पनि छन l यस्ता पात्रहरु निकै कम छन त्यसैले आर्टिफिसियलहरुकाे भिडमा त्यसै हराईरहेका छन l काे वास्तविक सहयाेगि हाे र काे ढाेंगि हाे भन्ने छुट्याउन गाह्राे छ l केहि जानेका भन्दा जान्दै न जानेकाहरु कै फुर्ति बढ्ता छ यहाँ l

अरुले दिएकाे अधुराे तथा गलत परामर्शकाे शिकार हामि हुने भएकाले , अरुकाे परामर्श अनुसार हिड्नु भन्दा पहिले परामर्श दिनेकाे बारेमा बुझ्नु पर्दछ l हावाकाे भरमा सामाजिक सन्जालमा परामर्श दिनेहरु बाट बचाैँ l अरुकाे सानाे गलत सल्लाहकाे कारण जिबनमा जटिल समस्या आउन सक्दछ , त्यसैले बेलैमा सचेत बनाै l

जय देश जय नेपाल



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPoliticportugletechnologyTikTok
Comments (0)
Add Comment