ट्रेन्डिङमा प्रमोद खरेल र रुक्सना लिम्बूको ‘नोगेन’

काठमाडौं । गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूको गीत ट्रेन्डिङमा परेको छ । सोमबार सार्वजनिक भएको प्रमोद र रुक्सानाको गीत ‘नोगेन’ म्युजिक भिडियो केही घण्टामै युट्युवको ट्रेन्डिङमा परेको हो ।

हाल उक्त गीतको म्युजिक भिडियो युट्युबको म्युजिक विद्याको ट्रेन्डिङ २ मा रहेको छ । उक्त भिडियो सोमबार सार्वजनिक भएको ५ घण्टामै ट्रेन्डिङ ९ मा परेको थियो ।

‘द भ्वइस अफ किड्स’मार्फत उदाएकी रुक्सानालाई उनकै कोच प्रमोद खरेलले युगल गीत गाउने अवसर दिएका हुन् ।

विशेषगरी लिम्बू भाषा ‘नोगेन’को अर्थ धन्यवाद हो । उक्त गीत मार्फत रुक्सानाले आफ्नो कोचलाई धन्यवाद भनेको अर्थ रहेको छ ।

त्यस्तै प्रमोदले पनि रुक्सानाप्रतिको स्नेह र भविष्यको निर्देशको प्रतिकको रुपमा गीतलाई प्रस्तुत गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabar
Comments (0)
Add Comment