क्यानडा विश्वकप छनोटको संघारमा

१७ माघ, टोरन्टो । क्यानडाले सन् १९८६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने सम्भावना बढाएको छ ।

कतार विश्वकप २०२२ को कन्काकाफ छनोटमा क्यानडाले आइतबार अमेरिकालाई २-० ले पराजित गर्देै शीर्ष स्थानमा उक्लिएको हो । क्यानडा हाल सम्म एक पटक मात्र विश्वकपका छनोट भएको छ ।

सातौ मिनेटमा केल लारेनको गोलमा क्यानडाले अग्रता लिएको थियो । लारेनले अमेरिकाका गोलकिपर जोनथन डेविडसँग वान भर्सेस वानमा गोल गरेका थिए । इन्जुरी समयको पाँचौ मिनेटमा सामुयल एडकुंवेको गोलमा क्यानडा अग्रता दोब्बर पार्दै शीर्ष स्थानमा उक्लिएको थियो ।

बुधबार एल साल्भाडोरलाई पराजित गरेमा क्यानडाले कतार विश्वकप २०२२ को टिकट पक्का गर्नेछ ।

क्यानडा १० खेलमा २२ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा सामान १८ अंक बटुलेका अमेरिका र मेक्सिको क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । तेस्रो स्थानको पानामाको १७ अंक छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCanadaCoronavirusCovid-19Deathdigital khabarfootballhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment