जोर बिजोर प्रणाली हटाउने निर्णय

१४ माघ, काठमाडौं । उपत्यकाभित्र यातायात सञ्चालनमा लागू गरिएको जोर बिजोर प्रणाली हट्ने भएको छ । जोर बिजोर प्रणालीले झन् समस्या ल्याएको सुझावहरु सरकारमा पुगेपछि हटाउन लागिएको हो ।

आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको बैठक बसी जोर बिजोर प्रणाली हटाउने निर्णय लिन लागिएको बुझिएको छ । जोर बिजोर प्रणालीले यातायात अभाव भई झन् समस्या ल्याएको थियो ।

कोरोना भाइरसको जोखिम रोकथामका लागि उपत्यकामा ७ माघबाट जोर बिजोर प्रणाली लागू गरिएको थियो । यसले दैनिक जनजीवन प्रभावित भएको थियो ।

जोर बिजोर प्रणालीले आर्थिक गतिविधिमा समेत असर परेको छ । कोरोना भाइरस रोकथामका लागि भने यो प्रणालीले खासै काम गर्न नसकेको रिपोर्टिङ सरकारमा पुगेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNews
Comments (0)
Add Comment