भारतमा भेष बदलेर लुकेर बसेकाे फरार कैदी नाइके यमराजसम्म कसरी पुग्यो प्रहरी?

यमराजलाई मंगलबार अदालत पेस गरिँदै, कैद सजाय थपिने

११ माघ, दाङ । प्रहरीकै मोटरसाइकल लिएर दाङको घोराही कारागारबाट फरार भएका कैदी यमराज परियारलाई एक महीनापछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । कारागार नाइकेसमेत रहेका उनी प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए।

दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले ३२ दिनपछि पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

दाङको राजपुर गाउँपालिका वडा नं. ३ का २९ वर्षीय परियार पुस ८ गते उपचारको बहाना बनाई प्रहरीकै मोटरसाइकल लगेर भाग्न सफल भएका थिए।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले परियारलाई नेपाल-भारतको सीमा क्षेत्र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका-१५ स्थित जमुनाहा नाका क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए।

तर, उच्च स्रोतले भने यमराजलाई छिमेकी देश भारत पञ्जाबबाट पक्राउ गरी नेपाल ल्याएको बताएको छ।

पत्रकार सम्मेलनमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा र भारतीय प्रहरीको समन्वयमा फरार नाइके परियारलाई पक्राउ गरिएको एसपी काफ्लेले नै बताउनुले उनलाई भारतमै पक्राउ गरेको पुष्टि गर्ने आधार हो।

पुस ८ गते प्रहरीकै मोटरसाइकल चाेरेर भागेपछि जिल्ला प्रहरी कार्यालयले डिएसपी रिजालको नेतृत्वमा सोही दिन नै घटना अनुसन्धान र फरार नाइके परियारको खोजी गर्न भनेर एक टोली गठन गरेको थियो। जसलाई प्राविधिक भाषामा प्रहरीले ‘एनकाई’ मिसनको नाम दिएको थियो।

आफ्नै गर्भवती प्रेमीको हत्या अभियोगमा २० वर्ष कैद तोकिएका यमराजले साढे ७ वर्षजति कैद भुक्तान गरिसकेका थिए। पक्राउ परेका नाइके यमराजलाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउने भएको छ।

प्रहरी स्रोतका अनुसार कर्तव्य ज्यान मुद्दामा साढे ७ वर्ष जति कैद भुक्तान गरिसकेका नाइके यमराजलाई भागे बापत अब काराबासको सजाय थप हुनेछ। बाँकी रहेको सजायको डेढ प्रतिशतले वृद्धि भई अब थप स्वत: २० वर्ष सजाय हुने भएको छ।

स्रोतका अनुसार नाइके यमराज फरार प्रकरणमा ठूलो आर्थिक चलखेल र मिलेमतो देखिन आएको छ।

‘प्रहरी जवान धनराज चौधरीलाई धनको प्रलोभनमा पारेको स्पष्ट भइसकेको छ,’ स्रोतले भन्यो, ‘धनराजले झन्डै ५ लाख लगेको र अन्य व्यक्तिले चार गुणा बढी रकम यमराजसँग लिएको आशंका छ।’

कारागार भित्रैका कैदीहरूसँग अनेक प्रलोभनमा पारी ठूलो रकम असुलेको र त्यहीबाट भाग्ने योजना बुनेको स्रोत बताउँछ।

‘कारागार प्रशासनकै व्यक्तिहरूले ठूलो धनराशी लिएको देखिन्छ,’ स्रोतले भन्यो ‘मंगलबार हामी यमराजलाई अदालत पेस गर्छौंं र त्यसपछि क कस्को कस्तो मिलेमतो छ थप कुरा अनुसन्धानबाट खुल्ने आश गरौं।’

स्रोतका अनुसार पहिला उन्मुक्ति पाएका कारागारका जेलर पनि फरार नाइके पक्राउ परेपछि फेरि तानिने सक्ने अनुमान गरिएको छ ।

लामो समयदेखि भारतमा बस्दै आएका यमराजका भाइको मद्दतमा उनी भाग्न सफल भएको स्रोत बताउँछ।

उनका भाइको योजना अनुसार यमराज भाग्नुभन्दा एक हप्ता पहिला गाडी नै ल्याएर दाङ आएको अनुसन्धानबाट खुलेको छ।

‘गणेश, रमेश र बिमलसहित पाँच जना मान्छेले यमराजलाई भगाउन मद्दत गरेको खुलेको छ,’ स्रोतले भन्यो ‘अब बिस्तारै उनीहरूको पनि खोजी गर्ने क्रम सुरू हुन्छ ।’

प्रहरीकै मोटरसाइकल लगेर भागेका यमराज घोराही–लमही सडक खण्डको जंगलमै मोटरसाइकल छोडेर गएका थिए।

अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार त्यसपछि यमराज जंगलको बाटो हिँडेर लमही झरेको खुलेको छ। उनले प्रहरी सूचना प्रविधि र टेक्नोलोजीकै प्रयोग गरेर यमराजलाई पक्राउ गर्न सफल भएको जानकारी दिए।

‘यमराजले यो बीचमा दश वटा बढी मोबाइल प्रयोग गरेको देखियो,’ उनले भने, ‘ चोर जति नै बाठो भए पनि उस्ले केही न केही क्लूहरू छोडेको हुन्छ। हामी त्यही क्लूहरू पछ्याउँदै एक महिनापछि उसम्म पुग्न सफल भएका हौंं।’

‘उसले हरेक ठाउँमा पुग्दा नयाँ मोबाइल र सीम प्रयोग गरेको देखियो। सार्वजनिक बसहरू समेत प्रयोग गरेको देखियो,’ स्रोतले भन्यो ‘ इण्डिया प्रवेश गर्दा पनि ऊ बोर्डर एरियामा पैदल नै हिँडेर गएको देखियो।’

साधा पोशाकका प्रहरी लगायत सबैको सहयोगमा यमराजसम्म पुग्न सम्भव भएको एक अधिकारीले बताए।

फरार नाइके यमराजलाई निरन्तरण पछ्याउँदै भारतको इलाहाबादसम्म पुगेर समात्न सम्भव भएको हो र यसमा प्रहरी सफल भएको ती अधिकारीले बताए।

पक्राउ परेका नाइके परियारलाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउने भएको छ। कतव्र्य ज्यान मुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका परियारको अब काराबासको सजाय थप हुने दाङ प्रहरी प्रमुख काफलेले बताए। बाँकी अब थप २० बर्ष सजाय स्वतह हुने प्रावधान रहेको उनले बताए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DangDeathdigital khabarhealthKaidiLockdownnepalnepal policeNewsPoliticSuresh Prasad Kafle
Comments (0)
Add Comment