कौण्डिन्य गोत्रीय महासमाज महासङ्घ गठन

११ माघ, काठमाडौँ । करिब चार दर्जन थर रहेको कौण्डिन्य गोत्रीय बन्धुको भेलाबाट कौण्डिन्य गोत्रीय महासमाज महासङ्घ गठन गरी विधिवत् दर्ता भएको छ ।

गत पुस २२ गते देश तथा विदेशमा रहेका कौण्डिन्य गोत्रीय बन्धुको प्रतिनिधित्व गर्ने संस्था मिलेर पारस्परिक सौहार्दता, सद्भाव एवं बन्धुत्वको भावनाको विकास गर्दै एकताबद्ध बनाउने उद्देश्यका साथ अर्जुनप्रसाद बञ्जाराको अध्यक्षतामा महासमाज दर्ता भएको हो ।

कौण्डिन्य गोत्रीय समाजका प्रतिनिधिको उपस्थितिमा २०७७ साल चैत्र २८ गतेको भेलाबाट कौण्डिन्य गोत्रीय महासमाज महासङ्घ काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गर्ने निर्णय भएको थियो । हालसम्म ४४ वटा थर कौण्डिन्य गोत्रमा फेला परेका छन् । अरु थर नसमेटिएका भए तिनलाई पनि खोजी गरेर समेटिने महासङ्घले जनाएको छ । सबै थरलाई महासङ्घमा जोडिन सार्वजनिक रुपमा आह्वान समेत गरिने भएको छ ।

अध्यक्षले बञ्जारा तथा बञ्जाडे समाजको प्रतिनिधित्व गर्नुहुन्छ । उपाध्यक्ष, बाबुराम आचार्यले आचार्य बन्धु समाज नेपालको प्रतिनिधित्व गर्नुहुन्छ । महासचिव विष्णुप्रसाद बाँस्कोटाले बाँस्कोटा समाज, सचिव पुरुषोत्तम पराजुलीले पराजुली समाज नेपाल, कोषाध्यक्ष नारायणप्रसाद न्यौपानेले न्यौपाने समाज नेपालको प्रतिनिधित्व गरी महासङ्घ कार्यसमितिमा रहनुभएको जनाइएको छ ।

यसैगरी सदस्यमा दामोदर गैह्रे, गैह्रे–कल्याण समाज, ठाकुरप्रसाद सापकोटा, सापकोटा वंशावली कल्याण केन्द्र, जनककुमार खड्का, लकाइ खड्का समाज, विराज प्याकुरेल, प्याकुरेल समाज, डा गणेशप्रसाद पाठक, पाठक समाज र हरिबोल सत्याल, सत्याल समाज रहेको जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarKathmanduNepali NewsPolitic
Comments (0)
Add Comment