२४ घण्टामा आठ हजार ८१५ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

०७ माघ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा आठ हजार ८१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ६१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ४७४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ८८८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.४ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मुलुकमा हालसम्म ६५ हजार ३७४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा तीन लाख सात हजार ४०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment