नेपालमा भेटियो कोरानाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’

११ जेठ, काठमाडौं। नेपालमा कारोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।

हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment