नेपाली कांग्रेस (वीपी)ले राष्ट्रियता बचाउने अभियान सञ्चालन गर्ने

०७ माघ, काठमाडाैँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न भन्दै नेपाली कांग्रेस (वीपी)ले राष्ट्रियता बचाउने अभियान सञ्चालन गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले राष्ट्र र राष्ट्रियता बचाउने अभियानअन्तर्गत माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने पनि उसले जनाएको छ । कार्यक्रममा बोल्दै पार्टीका उपसभापति पुष्पराज पराजुलीले देशमा भ्रष्टाचार बढिरहेको उल्लेख गरे । नेपाली भू–भाग लिपुलेकमा नेपालको अनुमति नलिई बाटो बनाउने काम गलत हो र यसलाई रोक्नुहोस् भनेर पनि नेपाल सरकारले भारत सरकारलाई भन्न नसकेको उनको भनाइ छ ।

यसैगरी, पार्टीका वरिष्ठ उपसभापति गोबिन्दप्रसाद शर्माले नेपाली कांग्रेस वीपीको स्थापना र यसको उद्देश्य भनेको नै वीपीले गरेको समाजवादको परिकल्पना पूरा गर्ने रहेको बताएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarhealthKathmandunepali congressNepali NewsPolitic
Comments (0)
Add Comment