काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

०५ माघ, काठमाडाैँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । बुधबार दिउँसो शर्माले आफूलाई कोरोना पुष्टि भएको जनाएका छन् । उनले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’ लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीर गरिएकोका आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन रहेको शर्माले बताए । उनले कोरोनालाई जितेर एक सातामा काममा फर्किने विश्व व्यक्त गरे ।

उनले भेट र सम्पर्क असुविधाप्रति सबैसँग विनम्रतापूर्वक क्षमा मागेका छन् । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोरोना संक्रमण देखिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronaviruscovidcovid 19 updateCovid-19digital khabarKathmanduNepali News
Comments (0)
Add Comment