सलमानको उजुरीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

०१ माघ, मुम्बई (अमर उजाला) | बलिउड अभिनेता सलमान खानले आफ्नो एक छिमेकी केतन कक्कडमाथि अदालतमा दर्ता गरेको मानहानीको मुद्दामा अन्तरिम आदेश दिन अदालतद्वारा अस्वीकार भएको छ । केतन सलमानको पनवेलस्थित फार्म हाउस नजिकै रहेको एक जमीनका मालिक हुन् ।

सलमानले छिमेकी केतनमाथि आफूलाई बद्नाम गर्न खोजेको आरोप लगाएका थिए । सलमानका अनुसार केतनले एक युट्युब च्यानलसँगको अन्तरवार्तामा अपशब्द प्रयोग गरेर उनको बद्नाम गरेका थिए । यही विषयमा सलमानले मुम्बई सिटी सिविल कोर्टमा उजुरी दिएका थिए । अदालतले सलमानको पक्षमा कुनै पनि अन्तरिम आदेश नदिने जनाएको छ ।

न्यायाधीश अनिल एच लद्दादले सलमानको उजुरीमाथि केतनलाई आफ्नो जवाफ दर्ता गराउन आदेश दिएका छन् । अदालतले यो मामलाको आगामी सुनुवाई जनवरी २१ लाई तोकेको छ ।

सलमान पक्षको डीएसके लिगलका वकिलले अदालतसमक्ष सुनुवाईको समयमा केतनद्वारा कुनै पनि किसिमको मानहानी बयान नदिन आदेशको माग गरेको छ । तर केतनका वकिल आभा सिंह र आदित्य प्रतापले यो मागको विरोध गरेका छन् ।

सलमान मुम्बईको बान्द्रामा बस्छन् । तर उनको पनवेलमा एक फार्म हाउस छ । केतन मुम्बईमा बस्छन् र सलमानको फार्महाउस छेउमा उनको प्लट छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BollywoodbusinessCourtdigital khabarIndiaNewsSalman Khan
Comments (0)
Add Comment