पछिल्लो २४ घण्टामा १९ सय ८१ जना सङ्क्रमित थपिए, एककाे मृत्यु

२७ पुस, काठमाडौं। पछिल्लो २४ घण्टामा एक हजार ९८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ६४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ३८५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म नौ हजार ५२२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा एक लाख ८० हजार ४५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment