काभाका अध्यक्ष मोहम्म्द लथिफ नेपाल आउने

२७ पुस, काठमाडाैँ । सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) का अध्यक्ष मोहम्म्द लथिफ नेपाल आउने भएका छन् । नेपाल भलिबल एशोसिएसन (एनभीए) ले मंगलबार आफ्नो फेसबुकमार्फ काभा अध्यक्ष लथिफ नेपाल आउन लागेको जानकारी गराएको हो ।

लथिफ पुष २९ गते श्रीलंका एयरलाइन्सको विमानबाट नेपाल आइपुग्नेछन् । लथिफ पोखरामा जारी महिला तथा पुरुष भलिबल प्रतियोगिता टाइगर कपको माघ १ गते हुने फाईनल हेर्न नेपाल आउन लागेको एनभिएले जनाएको छ ।

एनभीएका अनुसार लथिफले नेपाल भ्रमणको क्रममा पुष ३० गते नेपालका सञ्चारमाध्यमसँग पनि भेट गर्नेछन् ।

यसै महिना नेपालको महिला राष्ट्रिय भलिबल टोलिले बंगलादेशमा आयोजना भएको दोश्रो एभीसी एशियन जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । महिला टोलिले लगातार दोश्रो पटक एभीसी महिला एभीसी एशियन जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

काभाले आगामी वर्षबाट शुरु गर्ने दक्षिण एशयिाली भलिबल च्याम्पियनसिप आयोजनाको जिम्मा नेपाललाई नै दिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarfootballKathmandunepali footballNepali NewsSports News
Comments (0)
Add Comment