होन्डा वार्षिक १ लाख २० हजार विद्युतीय कार निमार्ण गर्ने योजनामा

२३ पुस, काठमाडाैँ । जापानको दोस्रो ठूलो अटोमेकर कम्पनी होन्डा मोटर कर्पोरेशनले आफ्ना विद्युतीय कारहरुको सङ्ख्या वृद्धि गर्ने भएको छ ।

चीनको डोङफेङ मोटर्ससँग समन्वयन गर्दै होन्डा मोटर्सले विद्युतीय कारहरुको निर्माण सङ्ख्या वृद्धि गर्न युहान सहरमा नयाँ फ्याक्ट्रि स्थापना गर्न लागेको हो ।

उक्त फ्याक्ट्रि वार्षिक रुपमा १ लाख २० हजार कार निर्माण गर्न सक्ने क्षमताको हुनेछ भन्ने जानकारी होन्डा मोटर्सले एक वक्तव्यमा जानकारी दिएको छ ।

त्यसैगरी होन्डाले चीनमा डोङ्फङ र जीएसी मोटर्सको साझेदारीमा एउटा नयाँ विद्युतीय सवारी सिरिज लन्च गर्ने भएको छ । ईःएन नाम रहेको उक्त सिरिज अन्तर्गत १० वटा विद्युतीय गाडीका मोडल रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment