बेनेली बाइकको नयाँ वर्ष योजनाः शुन्य प्रतिशत ब्याज, १ लाखसम्मको छुट

०७ चैत, काठमाडाैं । इटालियन ब्रान्डका बेनेली बाइकले नयाँ वर्ष २०८१ का लागि विशेष फाईनान्स योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले १८० सीसी बाईक तथा स्कुटरमा २० मिनेटमा नै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सवारी साधन खरिद गर्न सक्नेछन् ।

बेनालीका लागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि ले अरु मोडलहरुका बाईकहरुमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ । जसमा कम्पनीले मोडल हेरि १५ हजार देखि १ लाख रुपैयाँसम्मको छुट दिने भएको छ ।

नयाँ वर्ष २०८१ विषेश योजनाका अधिक जानकारीको लागि हाम्रा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिको नारायणचौर, नक्साल शाखामा वा फोन मार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

सन् १९११ देखि प्रचलित विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरुको रोजाइ बन्न पुगेको छ । बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि ले २०१५ देखि आयात तथा बिक्रीवितरण गर्दै आएको छ । कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्री वितरण गर्दै आएको छ । तेस्रो मुलुकबाट आयात भएता पनि सधै गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पार्ट्सपुर्जा उपलब्ध हुँदे आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment