शीतलहरका कारण विद्यालयमा पठनपाठन बन्द

२० पुस, वीरगञ्ज । तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै जिराभवानीले पठनपाठन बन्दगराईसकेको थियो ।

शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै गाउँपालिकाहरूले पनि पालिकाका सम्पूर्ण संस्थागत र निजी विद्यालयमा पठनपाठन बन्द गराएका हुन् ।

विगत एक दिनदेखि चिसो र शीतलहरले पर्साको जनजीवन प्रभावित भएको छ ।



मल्टिमिडिया ग्यालरी

BirjungbusinessCold weatherCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment