लोकतन्त्रका लागि संघर्षपूर्ण वर्ष २०२१

१७ पुष, काठमाडौं । २०२१ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ सम्म कोभिडका कारण ५४ लाख ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । २०२१ को अन्त्यतिर सुरु भएको कोरोना भाइरस महामारी २०२१ को अन्त्यसम्म आइपुग्दा केही मत्थर त भयो । तर यसका नयाँ रुपहरुको सामना संसारले वर्षभर गरिरहनुपर्यो । अर्थात् यो वर्ष पनि कोरोनाबिनाको वर्ष बन्न सकेन ।

२०२१ को अन्त्यतिर आइपुग्दा ओमिक्रोनको आक्रमणले विश्वका सानादेखि ठूला देशहरूलाई घुँडा टेकाइसकेको छ । कोरोनाले मानव स्वास्थ्यमा असर मात्रै गरेन । अधिकांश देशको अर्थतन्त्रमा यसले नराम्ररी असर पार्यो । कोरोनाकै बीच कतिपय देशका शासन व्यवस्था फेरिए । केही देशमा विशाल आन्दोलन भए । कतै बलपूर्वक शासन हत्याउने काम भए ।

अन्ततस् २०२१ को वर्ष विश्व राजनीतिमा अनेक उतारचढाव देखिए । कतिपय देशको सन्दर्भमा भविष्यको रुपरेखा नै बदलिए । यसरी २०२१ मा उत्पन्न भएको स्वास्थ्य संकट २०२१ सम्म आइपुग्दा आर्थिक संकटको रुपमा देखिन थाल्यो । जसले भूराजनीति र अन्तर्राष्ट्रिय मामिलामा दूरगामी असर पार्ने संकेत देखाइसकेको छ।

कान्तिपुर



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment