स्थानीयको साथी बन्दै ओलाङ्चुङगोला बिओपीका सशस्त्र प्रहरीहरु

१६ पुस , काठमाडौं । मंगलबार नेपालको अधिंकास भागमा पानी तथा हिउँ पर्यो । देशमा उच्च भूभागमा क्षेत्रमा व्यापक रुपमा हिउँ परेको थियो । नेपालको अधिंकास हिमाल जिल्लाहरुमा हिउँ परेसंगै कतै हिउँले मानिसहरु हर्षित भए भने कतै वाक्लो हिउँले जनजीवन प्रभावित भयो ।

नेपालको सिमा सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल तराईको भारत सिमा देखी लिएर हिमाल चिनको वोर्डरमा निरन्तर सुरक्षा प्रदान गर्दै आईरहेको छ । भने सशस्त्र प्रहरीले प्राकृतिक विपत बाढि,पहिरो, आगलागिको देखी शान्ति सुरक्षाको निम्ति सधै अग्रस्थानमा बसेर काम गरिरहेको हुन्छ ।

यही सशस्त्र प्रहरीले विपको बेला स्थानीयको लागि साथी भएर काम गरेको छ । गत मंगलबार बाक्लो हिउँ परेर कष्टकर जीवन निर्वाह गरिरहेका ताप्लेजुङको उत्तर क्षेत्र स्थित फक्ताङलुङ गाउँपालिका स्थित फक्ताङलुङ–७ ओलाङ्चुङगोला स्थानीयहरुको साथी बनेका छन् सशस्त्र प्रहरीको आउट बोर्डर पोष्ट(बिओपी)मा कार्यरत सशस्त्र प्रहरीहरु ।

ताप्लेजुङ ओलाङचुङगोलास्थित हिउँ पन्छाउदै सशस्त्र प्रहरीहरु : तस्बीर सौजन्य : अनिल खड्का

३२ मिटर उचाई रहेको यस क्षेत्रमा २ दिन परेको हिउँ तथा पानी परेसंगै जीवन कष्टकर बनेको थियो । यस बिओपीमा रहेका सशस्त्र प्रहरीहरुले स्थानीयको दुखमा केही मलम लगाउदै हिउँले ढाकिएका घरहरुमा हिउँ निकाल्न स्थानीयहरु संगै हातेमालो गरिएको ओलाङ्चुङगोला बिओपी मौवाटारका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काले डिजिटल खवरलाई जानकारी दिनुभयो ।

ताप्लेजुङ ओलाङचुङगोलास्थित हिउँ पन्छाउदै बिओपी ईन्चार्ज सशस्त्र प्रहरी निरिक्षक अनिल खड्का

खड्काको अनुसार यस क्षेत्रको अवस्था अहिले सामान्य रहेको छ मौसम खुल्दो अवस्थामा छ करिव ३ फिट परेको हिउँ पग्लेर अहिले २ फिट जति बाँकी रहेको छ भने , त्यहाको बाटो तथा पानीको मुहान तथा टेलिफोन सेवा सञ्चालनमा आईसकेको छ ।

यस विओपीमा १७ जना सशस्त्र प्रहरी कार्यकर्ता रहेको छन् भने यस क्षेत्रमा ५० घरधुरी रहेका छन् । सशस्त्र प्रहरीले यस भन्दा माथि रहेको करिव २५ किमी क्षेत्रमा रहेको चिनको बोर्डर सम्म पुगी सिमा सुरक्षाको काम गर्दै पट्रोलिङ गर्दै आईरहेको छौ । भने प्राकृतिक विपतिमा हामीले मानवीय सेवा प्रदान गरेका हौ उनले बताए ।

ताप्लेजुङ ओलाङचुङगोला बाट चिनको बोर्डर सिमा सुरक्षाको पट्रोलिङ गर्दै सशस्त्र प्रहरी :
ताप्लेजुङ ओलाङचुङगोला बाट चिनको बोर्डर सिमा सुरक्षाको पट्रोलिङ गर्दै सशस्त्र प्रहरी :

अघिल्लो वर्षसम्म गोलाबासी आफैंले आफ्ना घरको छतमा भेला भएको हिउँ हटाउँथे। यसवर्ष भने बिओपीमा कार्यरत सशस्त्र प्रहरी जनशक्तिले हिउँ हटाएर जनजीवन सामान्य बनाउन सघाएको छ। ३ फिटसम्म हिउँ जमेको गोलामा बुधवार सशस्त्र प्रहरीको टोलीले गोलाको मुख्य मार्गको हिउँ पन्छाएर बाटो खुलाउने प्रयास गरेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment