रियल मड्रिड विजयी

०८ पुस, काठमाडौ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ ।

गएराती भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

रियललाई जिताउन करिम बेन्जेमाले दुवै गोल गरे । एथ्लेटिकका लागि ओइहान सेन्सटले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानको रियलको १९ खेलबाट ४६ अंक भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment