‘अट्याक’को टिजर सार्वजनिक, जोन अब्राहम एक्सन अवतारमा

०२ पुष, काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको आगामी चलचित्र ‘अट्याक’को टिजर सार्वजनिक भएको छ । टिजरमा जोनको जबरजस्त एक्सन देख्न सकिन्छ ।

रेन्जर अफिसरले गर्ने मिसनमा आधारित यो चलचित्रमा जोनका साथमा ज्याकलिन फर्नाण्डेज र रकुल प्रीत सिंहको मुख्य भूमिका छ । गीतबाट शुरु हुने यो चलचित्रको टिजरमा जोनको एक्सन अवतार भरपुर देखिन्छ ।

लक्ष्यराज आनन्दद्वारा निर्देशित ‘अट्याक्ट’ आगामी जनवरी २२ मा रिलिज हुनेछ । यो चलचित्रलाई जोन अब्राहमले प्यान इण्डिया स्टुडियो र अजय कपूरसँग मिलेर निर्माण गरेका हुन् ।



मल्टिमिडिया ग्यालरी

ActressBadi PahiroBollywoodBusinesbusinessDeathdigital khabarentertainmenthealthJohnKathmanduMoviesNepali NewsNews businessPriyanka Chopra
Comments (0)
Add Comment